INSEC Online

📅 २०८३ जेष्ठ २२

प्रतिबन्धित नेकपाका कार्यकर्ता गिरफ्तार

प्रतिबन्धित नेकपाको कार्यकर्ता रहेकाे आराेपमा कालिकोट नरहरी गाउँपालिका–६ घर भई भक्तपुर सुर्यविनायक नगरपालिका–८ बस्दै आएका २८ वर्षीय नरेन्द्र बहादुर बिकलाई प्रहरीले गिरफ्तार गरेको छ ।

बिकलाई फागुन ५ गते काठमाडौंको बानेश्वरबाट गिरफ्तार गरेको महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी सहकुल थापाले जानकारी दिनुभयो । बिकलाई बानेश्वरबाट गिरफ्तार गरी फागुन ५ गते वीर अस्पतालमा स्वास्थ्य परिक्षण गरिएको एसएसपी थापाले जानकारी दिनुभयो । प्रहरीले बिकलाई थप अनुसन्धानका लागी अपराध महाशाखामा नै राखिएको छ ।

अन्य

भिडियो