INSEC Online

📅 २०८३ जेष्ठ २१

कुवेतमा ज्यान गुमाएका नागरिकको अवस्था बारे जानकारी गराउन आयोगको निर्देशन

राष्ट्रिय मानव अधिकार आयोगले कुवेतमा ढिस्कोले पुरिएर मृत्यु तथा घाइते भएका नेपालीको अवस्थाबारे जानकारी माग गरेको छ ।
आयोगका सचिव तथा प्रवक्ता वेद भट्टराईले विज्ञप्ति जारी गरी प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, परराष्ट्र मन्त्रालय र श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई पत्राचार गरेर घटनाको यथार्थ जानकारी माग गरेको हो । आयोगले दुर्घटनामा घाईते भएका सम्पुर्ण नागरिकको निःशुल्क उपचार गर्न र आवश्यक क्षतिपूर्ति उपलब्ध गराउन समेत आग्रह गरेको छ ।
आयोगले वैदेशिक रोजगारीमा गएका कामदारको सुरक्षा तथा मानव अधिकारको सुनिश्चितताका लागि दीर्घकालीन कार्ययोजना बनाउन पनि सरकारलाई आग्रह गरेको छ ।

अन्य

भिडियो