३६ वर्षीया महिलालाई माघ २७ गते बलात्कार गरेको आरोपमा कर्जन्हा नपा–१० का ४५ वर्षीय अशोक महतो विरुद्ध पीडित पक्षले इलाका प्रहरी कार्यालय मिर्चैयामा माघ २९ गते उजुरी दिनु भएको छ ।
इलाका प्रहरी कार्यालय मिर्चैयाका डिएसपी सन्तुलाल प्रसाद जैसवारले आरोपित फरार रहेको र आरोपितको खोज तलास भईरहेको डिएसपी जैसवारले बताउनु भएको छ ।
पीडितको स्वास्थ्य परीक्षण जिल्ला अस्पताल सिरहामा माघ २९ गते भएको थियो ।