३५ वर्षीया महिलालाई माघ २६ गते बलात्कार गरेको आरोपमा धनगढी उपमहानगरपालिका–३ का ३७ वर्षीय श्यामकुमार सेवालाई माघ २७ गते प्रहरीले गिरफ्तार गरेको छ ।
पीडित महिलालाई बलात्कार गरेको भन्दै पीडत पक्षले माघ २७ गते जिल्ला प्रहरी कार्यालय, कैलालीमा उजुरी दिएपछि आरोपितलाई गिरफ्तार गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय,कैलालीका सई मोहनबहादुर सिंहले बताउनु भयो ।
पीडत महिलाको स्वास्थ्य परिक्षण माघ २७ गते सेती प्रादेशिक अस्पताल,धनगढीमा गरिएको सई सिंहले बताउनु भयो ।