खाँडाचक्र नपा–१ बस्ने दैलेख जिल्ला दुल्लु नगरपालिकाकी २७ वर्षीया रमा सुनारलाई कुटपिट गरी घाइते बनाउनुका साथै तेजाव छर्कन खोजेको आरोपमा ३६ वर्षीय पति टिकाराम सुनारलाई प्रहरीले माघ २३ गते गिरफ्तार गरेको छ ।
घरायसी विवाद भएपछि पीडितलाई आरोपितले माघ २२ गते सुन पिट्ने हतौडीले आँखामा प्रहार गर्नुका साथै तेजाव छर्कन खोजेको पीडितको आरोप छ ।
घाइते भएकी सुनारको उपचार जिल्ला अस्पताल कालिकोटमा भएको जिल्ला प्रहरी कार्यालय कालिकोटका डिएसपी श्यामवाबु ओलियाले जानकारी दिनुभयो ।