१५ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा मिक्लाजुङ गाउँपालिका –६ का २२ वर्षीय अनिल भनिने आदित्य कार्कीलाई अदालतले माघ २४ गते १२ वर्ष कैद सजायको फैसला गरेको छ ।
न्यायधीश मोहनराज भट्टराईको इजलासले कैद सजायसँगै कसुरदारबाट पीडितले पाउने गरी ३५ हजार रुपियाँ क्षतिपूर्ति भराउन आदेश भएको अदालतका सूचना अधिकारी याम चौहानले बताउनुभयो ।
आरोपितले ०७६ वैशाख १ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले मङ्सिर २ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए ।
आरोपितलाई प्रहरीले मङ्सिर ३ गते गिरफ्तार गरी कानूनी कारबाही अघि बढाएकोमा जिल्ला अदालतको मङ्सिर २३ को आदेशमा आरोपित पुर्पक्षका लागि थुनामा थिए ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण मङ्सिर २ गते जिल्ला अस्पतालमा गरिएको थियो ।