१३ वर्षीया बालिकालाई माघ २३ गते बलात्कार गरेको आरोपमा घोडाघोडी नगरपालिकाका १५ वर्षीय बालकलाई प्रहरीले माघ २४ गते गिरफ्तार गरेको छ ।
पीडित पक्षले आरोपितविरूद्ध माघ २४ गते प्रहरीमा उजुरी दिएपछि आरोपितलाई गिरफ्तार गरी थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय पठाएको इलाका प्रहरी कार्यालयका इन्स्पेक्टर हरिशरण भट्टले बताउनु भयो ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण माघ २४ गते सेती प्रादेशिक अस्पताल,धनगढीमा गरिएको प्रहरीले जनायो ।