INSEC Online

📅 २०८३ जेष्ठ २२

यौनदुर्व्यवहार घटनाका फरार आरोपितहरू गिरफ्तार

१५ र १३ वर्षीया दुई बालिकाहरूलाई यौनदुर्व्यवहार गरी फरार रहेका आरोपितहरु मिर्चैया नपा–१ का २१ वर्षीय सरोजकुमार महरा र २४ वर्षीय मिथिलेश महरालाई इलाका प्रहरी कार्यालय मिर्चैयाले माघ २२ गते गिरफ्तार गरेको छ ।

आरोपितहरुले बालिकाहरुलाई ०७६ असोज २४ गते यौनदुर्व्यवहार गरेको आरोपमा पीडित पक्षले इलाका प्रहरी कार्यालय मिर्चैयामा कात्तिक २ गते उजुरी दिएका थिए ।

इलाका प्रहरी कार्यालय मिर्चैयाका डिएसपी सन्तुलाल प्रसाद जैसवारले आरोपितहरुलाई गिरफ्तार गरी कारवाहीको लागि माघ २३ गते म्याद थप गराएको बताउनु भएको छ ।

पीडित बालिकाहरुको स्वास्थ्य परीक्षण जिल्ला अस्पताल सिरहामा कात्तिक २ गते भएको थियो ।

अन्य

भिडियो