INSEC Online

📅 २०८३ जेष्ठ २२

आगो लगाई ज्यान मार्ने प्रयासका आरोपित ससुरा गिरफ्तार

राजविराज नपा–१५ की २० वर्षीया रेखादेबी शर्मालाई माघ १७ गते उहाँका ससुरा ५५ वर्षीय परशुराम शर्मा, सासु ५० वर्षीया द्रौपती शर्मा, जेठाजु ३५ वर्षीय खेमचन शर्मा र जेठानी ३२ वर्षीया रम्भादेबी शर्माले आगो लगाई ज्यान मार्ने प्रयास गरेको भन्दै पीडितले माघ २१ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिनु भएको छ ।

photo20200207saptari (1)

आरोपितहरुले आगोले सल्काएर हत्या गर्ने योजना अनुरुप आफूले लगाउने सारीमा पेट्रोल छर्केको आरोप लगाउँदै पीडितले भन्नु भयो – ‘आँगनमा हिँडिरहेका बेला टाढा रहेको चुलोको आगो एक्कासी सारीमा सल्कियो, गुहार माग्दा घरमै रहेका आरोपितहरु जोगाउन समेत आएनन् ।’ आँगनमै थुपारेको धानमा मडारिएर आगो निभाई ज्यान जोगाएको उहाँले बताउनु भएको छ ।

photo20200207saptari (2)

सामाजिक परम्पराअनुसार २०७५ साल फागुन २४ गते २७ वर्षीय रबीन्द्र शर्मासँग विवाहिता पीडितको साढे एक महिनाकी छोरी छिन् । पीडितका पति रबिन्द्र शर्मा काठमाडौंमा काठको मजदुरी गर्नु हुन्छ ।

घटनापछि राजविराज नपा–६ स्थित माइतमा आश्रय लिनुभएकी घाइतेको उपचार अस्पतालमा आधारित ओसिएमसीले नगरे पछि माइतले गरिरहेको र प्रहरीले उजुरी परिवर्तन गर्न लगाई परशुराम शर्माविरुद्ध मात्र उजुरी दर्ता गरेको पीडितकी आमा सरस्वती शर्माले बताउनु भयो । प्रहरीले उजुरी परिवर्तन गर्न लगाई परशुराम शर्माविरुद्ध मात्र उजुरी दर्ता गरेको पीडितकी आमा सरस्वती शर्माले बताउनु भएको छ ।

आरोपित परशुरामलाई माघ २२ गते गिरफ्तार गरी आगो लगाई ज्यान मार्ने उद्योगमा उजुरी दर्ता गरिएको र थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी तिलक भारतीले बताउनु भयो ।

photo20200207saptari (3)

अन्य

भिडियो