INSEC Online

📅 २०८३ जेष्ठ २१

यौन दुर्व्यवहार कसुरमा नौ वर्ष कैद सजायको फैसला

१७ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा अदालतले गौरीगञ्ज गाँउपालिका–६ का ३० वर्षीय चैतु ताजपुरीयालाई माघ ३ गते नौ वर्ष कैद सजायको फैसला सुनाएको छ ।

न्यायधीश सन्तोषप्रसाद पराजुलीको इजलासले कसुर ठहर गर्दै कैद सजायसँगै पीडितले पाउने गरी कसुरदारबाट ५० हजार रुपियाँ क्षतिपूर्ति भराउन आदेश दिएको छ ।

आरोपितले ०७५ असार १५ गते यौन दुर्व्यवहार गरेको आरोपमा पीडित पक्षले आरोपित विरूद्ध कात्तिक ७ गते इलाका प्रहरी कार्यालय गौरीगञ्जमा उजुरी दिएको थियो ।

आरोपितलाई प्रहरीले कात्तिक ०७५ कात्तिक ७ गते गिरफ्तार गरी कानूनी कारबाही अघि बढाएकोमा अदालतको ०७५ मङ्सिर १२ को आदेशमा आरोपित पुर्पक्षका लागि थुनामा थिए ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण मेची अस्पतालमा ०७५ कात्तिक ७ गते गरिएको थियो ।

अन्य

भिडियो