INSEC Online

📅 २०८३ जेष्ठ २१

मिडिया काउन्सिल विधेयक राष्ट्रिय सभाबाट पारित

मिडिया काउन्सिल विधेयक राष्ट्रिय सभाबाट पारित भएको छ ।  पत्रकारले परीक्षा पास गरेर लाइसेन्स लिनुपर्ने व्यवस्था झिकेर मिडिया काउन्सिल विधेयक राष्ट्रिय सभाबाट पारित भएको हो ।

०७६ माघ २३ गते बसेको राष्ट्रिय सभाको बैठकले विधायन व्यवस्थापन समितिले पठाएको पत्रकारले लाइसेन्स लिने व्यवस्था झिकेर विधेयक सर्वसम्मत पारित गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले बताउनुभयो । कार्य व्यवस्था परामर्श समितिको बैकठले मिडिया काउन्सिल विधेयकबाट पत्रकारले  सबै पक्ष सहमत भएको भन्दै मन्त्री बास्कोटाले खुसी व्यक्त गर्नुभएको छ । पत्रकारले लाइसेन्स लिनुपर्ने व्यवस्था आफैँमा नराम्रो नभएको पनि मन्त्री बास्कोटाले बताउनुभयो । सांसद राधेश्याम अधिकारीले परीक्षाको विषयमा विधायन समिति मै असहमति दर्ता भएको बताउनुभयो ।

अन्य

भिडियो