INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार गरेको कसुरमा नौ वर्ष कैद सजायको फैसला

२१ वर्षीया शारिरीक अपाङ्गता भएकी महिलालाई बलात्कार गरेको कसुरमा अदालतले त्रियुगा नगरपालिका–७ चुहाडेका ५२ वर्षीय धनबहादुर दनुवारलाई माघ २३ गते नौ वर्ष कैद सजायको फैसला सुनाएको छ ।

न्यायधीश मनोज केसीको इजलास कसुर गरेको ठहर गर्दै पीडितले पाउने गरी कसुरदारबाट ५० हजार रुपियाँ क्षतिपूर्ति भराउन आदेश दिएको छ ।

आरोपितले ०७६ जेठ १२ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपित विरूद्ध सोही दिन जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए ।

आरोपितलाई प्रहरीले सोही दिन गिरफ्तार गरी कानूनी कारबाही अघि बढाएकोमा जिल्ला अदालतको असार ३ गतेको आदेशमा आरोपित तीन लाख रुपियाँ धरौटी बुझाएर तारेखमा रिहा भएका थिए ।

पीडित महिलाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा जेठ १२ गते गरिएको थियो ।

अन्य

भिडियो