१३ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा अदालतले जिल्ला भोजपुर अरूण गाउँपालिका–३ का ३० वर्षीय खिलक दर्जीलाई माघ २० गते दश वर्ष कैद सजायको फैसला सुनाएको छ ।
न्यायधीश प्रकाश मणिराम न्यौपानेको इजलासले कैद सजाय तोकेको अदालतका सूचना अधिकारी गोपाल गिरीले बताउनुभयो ।
आरोपितले ०७६ भदौ १७ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले भदौ २६ गते इलाका प्रहरी कार्यालय धरानमा आरोपित विरूद्ध उजुरी दिएका थिए । आरोपितलाई प्रहरीले भदौ २८ गते गिरफ्तार गरी कानूनी कारबाही अघि बढाएको थियो ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण भदौ २८ गते बिपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान(घोपा)मा गरिएको थियो ।