२३ वर्षीया महिलालाई बलात्कार गरेको कसुरमा अदालतले जिल्ला सप्तरी राजविराज नगरपालिका–१ का ३४ वर्षीय सञ्जय भनिने देवेन्द्रप्रसाद यादवलाई माघ २२ गते पाँच वर्ष कैद सजायको फैसला सुनाएको छ ।
न्यायधीश प्रकाश श्रेष्ठको इजलासले कसुर ठहर गर्दै कैद सजायसँगै पीडितले पाउने गरी ५० हजार रुपियाँ कसुरदारबाट क्षतिपूर्ति भराउन आदेश भएको अदालतका सूचना अधिकारी गोपाल गिरीले बताउनुभयो ।
आरोपितले ०७५ माघ ७ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपित विरूद्ध माघ ९ गते इलाका प्रहरी कार्यालय इटहरीमा उजुरी दिएका थिए ।
आरोपितलाई प्रहरीले माघ १० गते गिरफ्तार गरी कानूनी कारबाही अघि बढाएको थियो ।
पीडित महिलाको स्वास्थ्य परीक्षण ०७५ माघ ८ गते जिल्ला अस्पतालमा गरिएको थियो ।