५ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा अदालतले १५ वर्षीय बालकलाई माघ २१ गते तीन वर्ष कैद सजायको फैसला सुनाएको छ ।
न्यायधीश अमृतबहादुर बस्नेतको इजलासले भारत स्थायी घर भई कन्काई नगरपालिका–१५ बस्दै आएका बालकले बलात्कार गरेको कसुर ठहर गर्दै कैद सजायको फैसला गरेको हो ।
आरोपितले ०७५ चैत्र २९ गते पाँच वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा पीडित पक्षले ०७६ वैशाख ३ गते आरोपित विरूद्ध इलाका प्रहरी कार्यालय अनारमनीमा उजुरी दिएका थिए ।
आरोपितलाई प्रहरीले वैशाख ३ गते गिरफ्तार गरी कानूनी कारबाही अघि बढाएकोमा जिल्ला अदालतको ०७६ वैशाख १९ को आदेशमा आरोपित पुर्पक्षका बाल सुधारगृह विराटनगरमा रहेका थिए ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण चैत २९ गते मेची अस्पतालमा गरिएको थियो ।