१२ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले अर्जुनधारा नगरपालिका–१० का ६३ वर्षीय प्रदीप तामाङलाई माघ २० गते गिरफ्तार गरेको छ ।
आरोपितले माघ २० गते यौन दुव्र्यवहार गरेको आरोपमा पीडित पक्षले आरोपित विरूद्ध सोही दिन इलाका प्रहरी कार्यालय अनारमनीमा उजुरी दिएपछि गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी महेन्द्रकुमार श्रेष्ठले बताउनुभयो ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण मेची अस्पतालमा माघ २० गते गरिएको छ ।