१८ वर्षीया युवतीलाई बलात्कार प्रयास गरेको आरोपमा लहान नपा–११ का २५ वर्षीय सरोजकुमार साह र लहान–१४ का २५ वर्षीय जितेन्द्रकुमार यादवलाई ईलाका प्रहरी कार्यालय लहानले माघ २१ गते गिरफ्तार गरेको छ ।
पीडित परिवारका अनुसार आरोपितहरूले युवतीलाई माघ २१ गते बलात्कार प्रयास गरेका कारण सोही दिन ईलाका प्रहरी कार्यालय लहानमा उजुरी दिइएको बताउनु भयो ।
युवतीको स्वास्थ्य परीक्षण जिल्ला अस्पताल सिरहामा माघ २१ गते भएको प्रहरीले बताएको छ ।
ईलाका प्रहरी कार्यालय लहानका डिएसपी शरतकुमार थापा क्षेत्रीले घटनाको जानकारी हुनासाथ आरोपितहरुलाई गिरफ्तार गरी अनुसन्धानका लागि माघ २२ गते म्याद थप गराएको बताउनु भएको छ ।