नेपाल सरकारले छाउगोठ हटाउन स्थानीय प्रशासनलाई निर्देशन दिएपछि डोटी जिल्लाका बिभिन्न स्थानीय तहहरूमा छाउगोठ भत्काउने अभियानले तिब्रता पाएको छ ।
स्थानीय तहका जनप्रतिनिधि, स्थानीय व्यक्ति, मानब अधिकार समुहकका सदस्य र प्रहरी प्रशासन छाउगोठ भत्काउने अभियानमा निरन्तर जुटेका छन् ।
प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले जिल्लामा रहेका छाउगोठको तथ्याङ्क संकलन गरी सबै स्थानीय तहमा रहेका छाउगोठ भत्काउन अभियान नै सञ्चालन गरिएको बताउनु भयो । साथै, फागुन महिना भित्र छाउगोठ मुक्त जिल्ला घोषण गर्ने उहाँले बताउनु भयो ।
बड्डीकेदार गाउँपालिका –३ सिन्दुरेपानीबाट पौष २६ गतेदेखी शुरू गरेको छाउ गोठ भत्काउने अभियानले तिब्रता पाएसँगैे हालसम्म ३ सय ९३ ओटा छाउगोठ भत्काइएको जिल्ला प्रहरी कार्यालय,डोटीका इन्स्पेक्टर कर्ण बोहराले बताउनु भयो ।
जिल्लामा रहेका सम्पुर्ण छाउगोठ भत्काउने अभियानमा आफू सक्रिय रहेको मानव अधिकार समुह डोटीकी सदस्य सिता बिकले बताउनु भयो ।
परम्परागत रूपमा चलदै आएको प्रथालाई निर्मुल गर्न एकल प्रयासले नसकिने र सामुहिक प्रयासको आवश्यकता रहेको राष्ट्रीय दलित महासंघका जिल्ला अध्यक्ष कुमार टेलरले बताउनु भयो ।
पद्यमापब्लीक मुक्ती नारायण माबिका प्रार्चाय गीता जोशीले छाउपडी प्रथा अन्त्यका लागि आम सचेत नागरिक एक भएर अगाडी बढनु पर्ने बताउनु भयो ।
मानव अधिकारकर्मी रामहरी ओझाले नेपालको कानुनले छाउपणी प्रथालाई अपराध मानेकोले बिभेद गर्नेलाई कावाही प्रकृया अगाडी बढाउन सबैले लाग्नुपर्ने बताए ।
छाउपडी प्रथा अन्त्यका लागि पुरूष भन्दा महिला बढी सक्रीय हुनु पर्ने दिपायल सिलगढी नगरपालीकाकी मेयर मञ्जु मलासिले बताउनु भयो ।
मुलुकि अपराध संहिता २०७४को दफा १६८ (३)मा महिलाहरू रजस्वला भएको अवस्थामा छाउ गोठमा राख्ने वा राख्न बाध्य पार्नेलाई तीन महिना कैद र ३ हजार रूपियाँ जरिवाना हुने ब्यवस्था रहेको छ ।
पूर्वीचौकी गाउँपालिका – ५ काडामाण्डौकी २१ वर्षीया पार्वती बोगटीको ०७५ माघ १७ गते छाउ गोठमा मृत्यु भएको थियो भने सुदूरपश्चिमका अछाम लगायतका अन्य जिल्लामा छाउगोठमा महिलाले ज्यान गुमाएका छन् ।