INSEC Online

📅 २०८३ जेष्ठ २२

बलात्कार घटनाका आरोपित गिरफ्तार

१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा लहान नपा–१२ घरभई हाल गोलबजार नपा–२ बस्ने १९ वर्षीय चन्दनकुमार यादव विरुद्ध इलाका प्रहरी कार्यालय गोलबजारमा माघ २१ गते पीडित परिवारले उजुरी ददिएको छ ।

पीडित परिवारका अनुसार आरोपितले बालिकालाई माघ १९ गते बलात्कार गरेकोले कारवाहीको लागि उजुरी दिइएको हो ।

इलाका प्रहरी कार्यालय गोलबजारका इन्सपेक्टर जनक पुरीका अनुसार आरोपित फरार रहेकोले खोजतलास भैरहेको बताउनु भयो । बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पताल सिरहामा माघ २१ गते भएको इन्सपेक्टर पुरीले बताउनु भएको छ ।

अन्य

भिडियो