फेटा गाउँपालिका–१ का १५ वर्षीया बालिकाको वीरगंज मनपा–२७ का २१ वर्षीय पुरुषसँग मञ्जुरी बिना माघ १९ गते बालिकाको घरमा बाल विवाह भइरहेको मण्डपबाट जिल्ला प्रहरी कार्यालय बाराका एसपी विकाशराज खनालको आदेशमा खटिएका प्रहरीले बेहुला, बेहुली र उनीहरुका बुवाहरूलाई गिरफ्तार गरेको छ ।
घर परिवार र स्थानीयले बाल विवाह गर्न लागेको खबर गरेपछि बालविवाहका आरोपित उनीहरूलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालय बाराका डिएसपी गौतम मिश्रले बताउनु भएको छ ।
स्थानीय र पीडितपक्षले लिखित उजुरी दिन नमानेकाले प्रहरीले अनुसन्धानकालागि बाल विवाह घटनाको प्रतिवेदन सहित माघ २० गते जिल्ला अदालतमा पेश गरेको हुनाले ५ दिनको म्याद थप गरि हिरासतमा राख्न अनुमति दिइएको श्रेस्तेदार कोशलेश्वर ज्ञवालीले बताउनु भएको छ ।