३० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले ओमसतिया गाउँपालिका– ४ का ३८ वर्षीय दिनेश कुमार बाँनियालाई माघ २० गते गिरफ्तार गरेको छ ।
पीडित महिलालाई आरोपितले डर त्रास देखाएर पटक पटक बलात्कार गरेको र अन्तिम पटक माघ १० गते बलात्कार गरेको भन्दै पीडितले माघ २० गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका दिनु भएको छ ।
उजुरीका आधारमा कारवाही अगाडि बढाएको जिल्ला प्रहरी कार्यालयका डिएसपी खडकबहादुर खत्रीले बताउनु भयो ।
पीडितको स्वास्थ्य परीक्षण माघ २० गते भीम अस्पताल, भैरहवामा गरिएको प्रहरीले जनायो ।