घोराही उपमनपा–१३ स्थित गोदावरी बोर्डिङ स्कुलमा कक्षा तीनमा अध्ययनरत आठ वर्षीय समीर बुढालाई परीक्षामा कम नम्बर ल्याएको आरोपमा शिक्षक ३० वर्षीय हेमन्त पोख्रेलले माघ २० गते कुटपिट गरेका छन् ।
कुटपिट गर्ने शिक्षक विरूद्ध पीडित पक्षले माघ २१ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका छन् ।
आरोपित पोख्रेलले लोटस विषयको टेष्ट परीक्षामा शुन्य नम्बर ल्याएको भन्दै कक्षा कोठामै रूलरले ४९ पटक गालामा हानेको पीडितले बताउनु भयो । शिक्षकको कुटपिटबाट बालकको गाला , कानमा चोट लागेको र निलडाम परेको छ । बालकको माघ २० गते घोराही बजारस्थित आदर्श स्वास्थ्य क्लीनिक घोराहीमा उपचार गरिएको छ ।
आरोपित विरूद्ध उजुरी दर्ता भएको र खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी सुमित खड्काले बताउनु भयो ।