१२ वर्षीया बालिकालाई बलात्कार गरेको कसुर ठहर गर्दै जिल्ला अदालतले माघ १९ गते १४ वर्षीय बालकलाई ६ महिना कैदको फैसला सुनाएको छ ।
जिल्ला न्यायाधीश विष्णुप्रसाद गौतमको इजलासले उक्त फैसला गरेको जिल्ला अदालतका नासु दामोदर गौतमले बताउनु भयो ।
आरोपित बालकले ०७६ भदौ १८ गते बलात्कार गरेको भन्दै पीडित पक्षले जिल्ला प्रहरी कार्यालयमा भदौ १९ गते उजुरी दिएका थिए । प्रहरी आरोपितलाई भदौ १९ गते गिरफ्तार गरेको थियो ।
पीडितको स्वाथ्य परीक्षण भदौ १९ गते जिल्ला अस्पताल बिजुवारमा गरिएको थियो ।