१६ वर्षीया बालिकालाई बलात्कार गरेका आरोपमा एक जनालाई माघ २० गते गिरफ्तार गरिएको छ । गिरफ्तार पर्नेमा धादिङ जिल्ला गजुरी–८, बस्नेत गाउँका २८ वर्षीय हरिकृष्ण भनिने हेमनसिंह बस्नेत रहेका छन् ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले उनलाई वैदेशिक रोजगारीका लागि कुवेत जान लागेका बेला त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट गिरफ्तार गरेको हो । ब्युरोका प्रवक्ता एसपी वेलबहादुर पाण्डेका अनुसार उनले ०७६ जेठ १४ गते पीडित बालिकालाई जबरजस्ती करणी गरेको अभियोग रहेको छ ।
आफ्नै कोठामा सुतिरहेको अवस्थामा ढोका फोडी कोठाभित्र प्रदेश गरी युवतीले बोल्न कराउन नसक्ने गरी मुख थुनेर जबरजस्ती करणी गरेर उनी फरार रहेका थिए । पाण्डेका अनुसार घटनापछि भारतका विभिन्न क्षेत्रमा लुकिछिपी बसेर पछिल्लो समय नेपाल आएको सूचनाको आधारमा उनलाई खोजिरहेका थियौं ।बस्नेतलाई थप कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय धादिङ पठाइ सकिएको पाण्डेले बताउनुभयो ।