INSEC Online

📅 २०८३ जेष्ठ २१

बालिका अपहरण घटनाका आरोपित विरुद्ध उजुरी दर्ता

१७ वर्षीया बालिकालाई अपहरण गरेको आरोपमा प्रहरीले डाकनेश्वरी नपा६ का २५ वर्षीय सहजाद मियाँ र थर थाहा नभएको २७ वर्षीया नितुविरुद्ध माघ १४ गते उजुरी दर्ता गरेको छ ।

पीडितका काकाले जिल्ला प्रहरी कार्यालयमा पुस २० गते दिएको उजुरीपछि पीडित र आरोपितहरुको हुलिया जाहेरी गरिएको र आवश्यक अनुसन्धानपछि अपहरण तथा शरिर बन्धकको उजुरी दर्ता गरिएको जिल्ला प्रहरी कार्यालयका एसपी कृष्ण प्रसाइँले बताउनु भएको छ ।

आरोपित नितुले पुस १२ गते बजारमा कपडा किन्नु छ भनि ललाइफकाई पीडित बालिकालाई लगेको र दुबै आरोपितले अपहरण गरी बन्धक बनाई राखेको भन्दै पीडितका काकाले खोजतलाश गरी आवश्यक कारवाही गर्न माग गर्नु भएको छ ।

आरोपित नितुका पति समिर मानव बेचविखन मुद्दामा काठमाडौँस्थित कारागारमा थुनामा समेत रहेको पीडित परिवारका सदस्यले बताउनु भएको छ ।

आरोपितहरू हालसम्म गिरफ्तार नभएको र खोजिकार्य भइरहेको इन्स्पेक्टर यमलाल बन्जाडेले बताउनु भएको छ ।

अन्य

भिडियो