INSEC Online

📅 २०८३ जेष्ठ २१

घरेलु हिंसा गरेको ठहर गर्दै पीडितलाई क्षतिपूर्ति दिनुपर्ने फैसला

कट्टी गाविस-५ की १९ वर्षीया लक्ष्मीकुमारी सिंहलाई परिवारजनबाट घरेलु हिंसा गरेको ठहर गर्दै जिल्ला अदालतले घटनामा संलग्न ४६ वर्षीया सासू अमृता शाही, ४९ वर्षीय ससुरा जयबहादुर शाही र २३ वर्षीय पति ललितबहादुर शाहीबाट पीडितलाई १० हजार रुपियाँ क्षतिपूर्ति दिनुपर्ने फैसला सुनाएको छ ।

न्यायाधीश प्रकाशप्रसाद पण्डितको इजलासले मङ्सिर २१ गते उक्त फैसला सुनाएको हो । सासू, ससुरा र पतिले कुटपिट गरी घर निकाला गरेको आरोपमा ०७३ वैशाख २९ गते लक्ष्मीकुमारीले दैलेख जिल्ला अदालतमा मुद्दा दिएकी थिइन् ।

फैसलामा पीडितलाई १० हजार रुपियाँ क्षतिपूर्ति दिनुपर्ने र घरेलु हिंसा गरेको ठहर भएकोले घटनामा संलग्न तीन जनालाई प्रतिव्यक्ति ५ हजार रुपियाँ जरिबाना गरिएको दैलेख जिल्ला अदालतका श्रेस्तेदार रमेश श्रेष्ठले बताए । जरिबानाको रकम सरकारी राजस्वमा जम्मा हुने श्रेस्तेदार श्रेष्ठले जानकारी दिए ।

अदालतमा घरेलु हिंसासम्बन्धी मुद्दा दिएपछि पीडित महिला डेढ वर्षीया छोरी निरुता शाहीसँगै कट्टी गाविस-२ सनिगाउँस्थित माइतीघरमा बस्दै आएकी छन् । लक्ष्मी र ललितबिच ०७१ असोजमा प्रेमविवाह भएको थियो ।

अन्य

भिडियो