INSEC Online

📅 २०८३ जेष्ठ २१

संयुक्त राष्ट्र संघले व्यवस्था गरेको मानव अधिकारलाई नजिकबाट बुझ्नुपर्छ: इन्सेक अध्यक्ष श्रेष्ठ

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) का अध्यक्ष इन्दीरा श्रेष्ठले नेपालका नागरिक समाजले संयुक्त राष्ट्र संघले व्यवस्था गरेका मानव अधिकारलाई नजिकबाट बुझ्नु पर्ने बताउनुभएको छ । IMG_20200128_095312

इन्सेकद्वारा धुलिखेलमा आयोजित “मानव अधिकारको मापदण्ड, नीति र संयन्त्र” विषयक कार्यशालाको २०७६ माघ १४ गते शुभारम्भ गर्दै अध्यक्ष श्रेष्ठले मानव अधिकारको क्षेत्रमा संयुक्त राष्ट्र संघको महासन्धिले गरेका व्यवस्था आम नागरिक माझ पुर्याउन आवश्यक रहेको बताउनुभयो ।

अन्तर्राष्ट्रिय मानव अधिकारको विषयमा बेला–बेला बहस भए पनि त्यो पर्याप्त नभएको अध्यक्ष श्रेष्ठको भनाई छ । नेपालले अनुमोदन गरेका राष्ट्र संघको महासन्धिलाई पनि चेतनाको रुपमा नागरिक समक्ष पुर्याउन नागरिक समाजले भूमिका निर्वाह गर्नुपर्ने अध्यक्ष श्रेष्ठले बताउनुभयो । कार्यशालामा विभिन्न संघसंस्थाका २५ जना प्रतिनिधि सहभागी रहेको इन्सेकका निर्देशक श्रीराम बजागाईले जानकारी दिनुभयो ।

अन्य

भिडियो