कैलारी गाउँपालिकाको पाँऔँ गाउँसभाले माघ १२ गते बाल संरक्षण र खेलकुद सञ्चालन कार्यविधि २०७६ पारित गरेको छ ।
कैलारी गाउँपालिकाका अध्यक्ष लाजुराम चौधरीको अध्यक्षतामा बसेको पाऔँ गाउँसभाबाट बाल संरक्षण नीति ,बाल अधिकार समिति गठन कार्यविधि र कैलारी खेलकुद कार्यविधि २०७६ पारित गरेको हो ।
कैलारी गाउँपालिका सबै वडाका बालबालिकाहरूलाई शिक्षाको पहुँचमा ल्याउनका लागि आधारभूत तहसम्म अनिवार्य निःशुल्क तथा गुणस्तरिय शिक्षा सुनिश्चित गर्नका लागि तीन ओटा कार्यविधि पारित गरिएको कैलारी गाउँपालिकाका अध्यक्ष लाजुराम चौधरीले बताउनु भयो ।
उहाँले भन्नु भयो—‘संविधानले नै ग्यारेन्टी गरेको बालबालिकाको शिक्षा र खेलकुदको अधिकारको प्रत्याभुती गर्नका लागि गाउँपालिका कार्यविधि पारित गरेका हौँ । आगामी दिनमा कैराली गाउँपालिका क्षेत्रका बालबालिकाहरूको शिक्षा र खेलकुदको अधिकार सुनिश्चित गर्न सहज हुने छ ।’