अमरगढी नगरपालिका– ५ किर्तिपुरस्थित सुदूरपश्चिम प्रदेशअन्र्गतको पुर्वाधार विकास कार्यालयमा माघ १२ गते राति अज्ञात पक्षले आगजनी गरेको प्रहरीले जनाएको छ ।
आगजनीबाट कार्यालयको मुख्य ढोकामा क्षति हुनुका साथै झ्यालका सिसाहरू फुटेको जिल्ला प्रहरी कार्यालय,डडेल्धुराका डिएसपी दधिराम न्यौपानेले बताउनु भयो ।
प्रतिबन्धित नेकपाका कार्यकताले आगजनी गरेको हुन सक्ने बताउँदै घटनाको थप अनुसन्धान भइरहेको डिएसपी न्यौपानेले बताउनु भयो ।