धुर्कोट गाउँपालिका –६ रजस्थलमा रहेको स्मार्ट फोनको टावरमा माघ १२ गते अज्ञात पक्षले आगजनी गरेको प्रहरीले जनाएको छ ।
आगजनीबाट टावरको ओडि बक्स पूर्णरुपमा जलेकाले सेवा अवरूद्ध भएको बस्तु प्रहरी चौकीका असई लोकमान ताम्राकारले बताउनु भयो । घटनाका बारेमा अनुसन्धान भइरहेको उहाँले बताउनु भयो ।