INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार कसुरमा सात वर्ष कैद सजायको फैसला

२२ वर्षीया युवतीलाई बलात्कार गरेको कसुरमा त्रियुगा नगरपालिका–७ गुण्टेचुहाडेका ४० वर्षीय भरत दनुवारलाई अदालतले माघ ९ गते ७ वर्ष कैद सजायको फैसला सुनाएको छ ।

न्यायधीश दीपक खनालको इजलासले कसुर ठहर गर्दै पीडितले पाउने गरी कसुरदारबाट क्षतिपूर्ति बापत १० हजार रूपियाँ भराउन आदेश भएको छ ।

आरोपितले ०७६ कात्तिक १७ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपित विरूद्ध सोही दिन जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए ।

प्रहरीले आरोपितलाई सोही दिन गिरफ्तार गरी कानूनी कारबाही अघि बढाएकोमा जिल्ला अदालतको मङ्सिर १० को आदेशमा आरोपित पुर्पक्षका लागि थुनामा रहेका थिए ।

पीडित युवतीको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा कात्तिक १७ गते गरिएको थियो ।

 

अन्य

भिडियो