१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले गुलरिया नगरपालिका–१२ का २८ वर्षीय भीमबहादुर बुढालाई माघ ७ गते गिरफ्तार गरेको छ ।
पीडितलाई माघ ७ गते आरोपितले बलात्कार गरेको सुचना पाएपछि इलाका प्रहरी कार्यालय मैनापोखरबाट गएको प्रहरी टोलीले आरोपितलाई घटना स्थलबाट गिरफ्तार गरेको थियो । पीडित पक्षले माघ ७ गते इलाका प्रहरी कार्यालय मैनापोखरमा उजुरी दिएको सई बिनय चन्दले बताउनु भयो ।
पीडितको स्वास्थ्य परीक्षण माघ ७ गते जिल्ला अस्पताल, गुलरियामा गरिएको प्रहरीले जनायो ।