INSEC Online

📅 २०८३ जेष्ठ २१

प्रदेश सांसदद्वारा एन्फा अध्यक्षमाथि हातपात

गण्डकी प्रदेश सभा सांसद ५३ वर्षीय राजीव गुरुङ  (दीपक मनाङे) ले अखिल नेपाल फुटबल संघ (एन्फा) कास्कीका अध्यक्ष ३९ वर्षीय मिलन गुरुङलाई दुव्र्यवहार गर्नुभएको छ ।

पोखरा महानगरपालिका–२९ भण्डारढिकमा ‘मुख्यमन्त्री कप फुटबल प्रतियोगिता’ को माघ ७ गते उद्घाटन कार्यक्रममा सहभागी हुन पुग्नुभएका गुरुङले एन्फा कास्की अध्यक्ष गुरुङलाई गालामा झापड हान्नुभएको हो ।

मनाङ क्षेत्र नं १ ‘ख’ बाट निर्वाचित सांसद गुरुङले आफ्ना जिल्लाबाट खेल खेल्न आएका खेलाडीहरुको व्यवस्थापन नगरेको भन्दै कार्यक्रम सुरु हुन भन्दा अगावैे आफूले झापड हानेकोे बताउनुभयो ।

‘मैले तीन झापड हानेको हुँ, मनाङबाट आएको सात दिन भयो । खेलाडी आफैँले पालेर राखिदिएको छु , बोलाएपछि अलिकति सहयोग त गर्नुपर्यो ’,उनले भने ।

एन्फा कास्की अध्यक्ष गुरुङले खल्तीको पैसा हालेर खेलाडीलाई होटेल व्यवस्थापन गर्न नसकिने र नियमानुसार नै काम गरिरहेको बताए ।

गुरुङले सांसदलाई अतिथिको रुपमा निमन्त्रणा गरेका कारण आफू संयमित भएको प्रतिक्रिया दिए । हाल सम्म कुनै पनि निकायमा उजुरी नदिइएपनि कानुनी प्रक्रियामा जाने तयारी भइरहेको उहाँले बताउनुभयो ।

अन्य

भिडियो