सुस्त श्रवण भएकी ५४ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले रघुगङ्गा गाउँपालिका–२ का ५२ वर्षीय दिलबहादुर केसीलाई माघ ४ गते गिरफ्तार गरेको छ ।
पीडित महिलालाई आरोपितले माघ २ गते बलात्कार गरेको भन्दै पीडितका आफन्तले माघ ४ गते जिल्ला प्रहरी कार्यालयमा लिखित उजुरी दिएपछि आरोपितलाई सोही दिन गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका इन्स्पेक्टर ध्रुवप्रसाद शर्माले बताउनु भयो ।
इन्सपेक्टर शर्माका अनुसार पीडित महिलाको स्वास्थ्य परीक्षण बेनी अस्पतालमा माघ ४ गते गरिएको छ ।