बौद्विक अपाङ्गता भएकी २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले थुलुङदुधकोशी गाउँपालिका –९ का ४४ वर्षीय टिकाबहादुर राईलाई प्रहरीले माघ १ गते गिरफ्तार गरेको छ ।
आरोपितले पुस २८ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले माघ १ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएपछि गिरफ्तार गरेको इन्स्पेक्टर महेन्द्र दर्नालले बताउनुभयो ।
पीडित युवतीको स्वास्थ्य परीक्षण माघ २ गते जिल्ला अस्पताल फाप्लुमा गरिएको छ ।