१५ वर्षीया बालिकालाई माघ १ गते बलात्कार गरेको आरोपमा बर्दगोरिया गाउँपालिका—१ उत्तरमुडाका ३३ वर्षीय गोपाल चौधरीलाई माघ १ गते प्रहरीले गिरफ्तार गरेको छ ।
पीडित बालिकाकी आमाले घटना भएलगत्तै इलाका प्रहरी कार्यालय,बौनियामा उजुरी दिएपछि आरोपित चौधरीलाई गिरफ्तार गरी थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय,सुख्खडका इन्सपेक्टर हरिशरण भट्टले बताउनु भयो ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण माघ १ गते सेती प्रादेशिक अस्पताल धनगढीमा गरिएको प्रहरीले जानयो ।