भीमदत्त नगरपालिकाको छैठौ नगर सभाले पुस २७ गते स्वास्थ्य,वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन २०७६ पारित गरेको छ ।
भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्टको अध्यक्षतामा पुस २७ गते सम्पन्न भएको छैठौँ नगर सभाबाट स्वास्थ्य ऐन २०७६,वातावरण तथा प्राकृतिक स्रोतको संरक्षण सम्बन्धी ऐन २०७६ र दिशाजन्य लेदो व्यवस्थापन सम्बन्धी ऐन २०७६ गरी तीन ओटा ऐन पारित गरिएको हो ।
भीमदत्त नगरपालिकाका नागरिकहरूलाइ्र्र आधारभूत स्वास्थ्यमा सहज पहुँच प्ु¥याउन तथा स्वास्थ्य अधिकार सुनिश्चताका लागि स्वास्थ्य ऐन २०७६ पारित गरिएको नगर प्रमुख सुरेन्द्र विष्टले बताउनु भयो ।
स्वास्थ्य ऐनले नगरपालिकाका ग्रामिण क्षेत्र र दुरदराजका ठाउँमा स्वास्थ्य सेवा प्रवाहका कार्यक्रम सञ्चालन गरिने ब्यबस्था भएको नगर कार्यपालिकाका प्रवक्ता राजेन्द्र पाण्डेयले बताउनु भयो ।
नगर सभाको पहिलो दिन पुस २६ गते नगरपालिकाका विभिन्न विषगत समितिका प्रतिवेदन र विधेयकहरू प्रस्तुत गरिएको र दास्रो दिन प्रस्तुत गरिएका सबै प्रतिवेदन पारित भएको प्रवक्ता पाण्डेयले बताउनु भयो ।
स्थानीय सरकार सञ्चालन ऐन २०७४ मा स्थानीय सरकारले गर्नु पर्ने दुई नगर सभामध्ये दोस्रो सभा पुस महिनामा सम्पन्न गरी सक्नु पर्ने हुन्छ ।