भिमाद नपा–५ मिर्छुलुङ स्थित एनसेलको टावरमा ०७६ पुस २६ गते राति अज्ञात पक्षले आगजनी गरेको छ ।
आगजनीबाट टावरको सबै उपकरण जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय भिमादका प्रमुख प्रहरी नायब निरीक्षक भेषराज रेग्मीले जानकारी दिनुभयो ।
राति ११ बजे टावर बन्द भएको म्यासेज एनसेल कर्मचारीको मोबाइलमा आएपछि बिहान गएर हेर्दा टावर आगजनी भएको अवस्था भेटिएको उहाँले बताउनुभयो।
बिजुलीको मुख्य मिटरबाट लाइन काटेर आगजनी गरिएको प्रारम्भिक अनुसन्धानबाट भेटिएको छ ।आगजनीबाट टावरको जेनेरेटर, ब्याट्री, टावरका तार लगायतका सामग्री जलेको प्रहरी रेग्मीले जानकारी दिनुभयो।
उहाँले आगजनी कसले र किन गरेको भन्ने विषयमा थाहा नभएको र आगजनी गर्नेको खोजी कार्य तीव्र पारिएको कुरा बताउनुभयो।


