१५ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा अदालतले धरान उपमहानगरपालिका–१५ का ४९ वर्षीय मनिष राईलाई पुस २२ गते दश वर्ष कैद सजायको फैसला गरेको छ ।
न्यायधीश प्रकाश श्रेष्ठको इजलासले कैद सजायसँगै पीडितले पाउने गरी ५० हजार रूपियाँ क्षतिपूर्ति भराउन आदेश भएको अदालतका सूचना अधिकारी गोपाल गिरीले बताउनुभयो ।
आरोपितले ०७५ मङ्सिर ५ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले मङ्सिर ७ गते इलाका प्रहरी कार्यालय धरानमा आरोपित विरूद्घ उजुरी दिएका थिए ।
आरोपितलाई प्रहरीले मङ्सिर ७ गते गिरफ्तार गरी कानूनी कारबाही अघि बढाएकोमा जिल्ला अदालतको ०७६ पुस २२ गतेको आदेशमा आरोपित पुर्पक्षका थुनामा रहेका थिए ।
आरोपित विरूद्घको मुद्दा आठ पटक पेशी चढी फैसला भएको सूचना अधिकारी गोपाल गिरीले बताउनुभयो ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण ०७५ मङ्सिर ५ गते बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान (घोपा) मा गरिएको थियो ।