INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी दर्ता

१८ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा सुरुङ्गा नगरपालिका–५ कुशहाका २१ वर्षीय मो. अन्साद मियाँविरूद्ध इलाका प्रहरी कार्यालय कडरबोनाले पुस १४ गते उजुरी दर्ता गरेको छ ।

 

पीडित स्वयम्ले दिएको उजुरी दर्ता गरी आवश्यक कानुनी प्रकृया अगाडि बढाइएको इन्स्पेक्टर रामराजा केशरीले बताउनु भयो । आरोपितले मङ्सिर २८ गते विवाहको प्रलोभन दिई बलात्कार गरेको पीडितको आरोप छ ।

 

पीडितको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा पुस १३ गते स्वास्थ्य परीक्षण गरिएको छ । घटनापछि गाउँघरमै छलफल गरी मिलाउने प्रयास असफल भएपछि मात्र ढिलो गरी उजुरी आएको जनाउँदै इन्स्पेक्टर केशरीले आरोपितको खोजी कार्य भइरहेको बताउनु भयो ।

अन्य

भिडियो