लैङ्गिक हिंसा विरुद्धको समिति धनुषाको २०७६ पुस १७ गते जिल्ला प्रहरी कार्यालयमा आयोजित कार्यक्रममा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) प्रदेश २ संयोजक राजु पासवानलाई प्रशंसा पत्र प्रदान गरिएको छ ।

नेपाल प्रहरीका प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालद्वारा हस्ताक्षरित सो प्रशंसा पत्र एक कार्यक्रमका बिच इन्सेक संयोजक पासवानलाई प्रदान गरिएको हो ।
प्रशंसा पत्रमा लेखिएको छ – “लैङ्गिक हिंसा विरुद्धको राष्ट्रिय अभियान, २०७६ लगायत नेपाल प्रहरीले सञ्चालन गरेका हिंसा न्यूनिकरण तथा अपराध रोकथामका विविध कार्यक्रममा यहाँले सहभागिता जनाई जिल्लाका दुरदराजका बस्तीसम्म पुगेर अपराध सामाजिक सचेतना जगाउन, हिंसा पीडितको संरक्षण र कानूनी उपचार दिलाउनका लागि यहाँले पुर्याउनु भएको अनवरत सहयोग र योगदानको प्रशंसा गर्दछु ।”
“अपराध रोकथाम र सामाजिक सचेतना अभिवृद्धिका लागि नेपाल प्रहरीले सञ्चालन गरेको समुदाय प्रहरी साझेदारी कार्यक्रम मार्फत अपराध रहित समाज बनाउने नेपाल प्रहरीको महाअभियानमा यहाँको सकृय सहभागिता रही रचनात्मक योगदान समेत हुनेछ भन्ने विश्वास लिएको छु”–प्रशंसा पत्रमा उल्लेख गरिएको छ ।