INSEC Online

📅 २०८३ जेष्ठ २१

प्रतिबन्धित पार्टीको कार्यकर्ता भएको आरोपमा गिरफ्तार

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीको जनमुक्ती सेना भएको आरोपमा प्रहरीले २७ वर्षीय विमलेन्द्र थापालाई पुस १६ गते गिरफ्तार गरेको छ ।

जिल्ला दैलेख दुल्लु नगरपालिका–२ स्थायी घर भई हतुवागढी गाँउपालिका–९  बस्दै आएका थापालाई ४ राउण्ड गोली र विप्लव पार्टीको दस्ताबेजसहित हतुवागढी गाँउपालिका–९ बाट गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालय भोजपुरका इन्स्पेक्टर पाण्डवकुमार राजवंशीले बताउनुभयो ।

 

 

 

अन्य

भिडियो