१४ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा त्रियुगा नगरपालिका–१६ का २४ वर्षीय रामकुमार राईलाई अदालतले पुस १७ गते १२ वर्ष कैद सजायको फैसला गरेको छ ।
न्यायधीश दीपक खनालको इजलासले कैद सजायसँगै कसुरदारलाई पीडितले पाउने गरी २५ हजार रूपियाँ क्षतिपूर्ति भराउन आदेश दिएको छ ।
आरोपितले ०७६ कात्तिक ५ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले कात्तिक ६ गते जिल्ला प्रहरी कार्यालय बोक्सेमा उजुरी दिएका थिए । आरोपितलाई प्रहरीले कात्तिक ६ गते गिरफ्तार गरी कानूनी कारबाही अघि बढाएको थियो ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा कात्तिक ६ गते गरिएको थियो ।