INSEC Online

📅 २०८३ जेष्ठ २१

बालिका बलात्कारका आरोपित गिरफ्तार

१७ वर्षीया एक बालिकालाई बलात्कार गरेको आरोपमा जुगल गाउँपालिका–१ सेलाङका २४ वर्षीय दीपेन्द्र अधिकारीलाई २०७६ पुस १७  गते प्रहरीले गिरफ्तार गरेको छ ।

आरोपितले पुस १३ गते बालिकालाई फकाएर भक्तपुर पुर्‍याइ बलात्कार गरेको भन्दै पीडित पक्षले पुस १७ गते जिल्ला प्रहरी कार्यालय, सिन्धुपाल्चोकमा उजुरी दिएको थियो । पीडितको स्वास्थ्य परीक्षण पुस १७ गते जिल्ला अस्पतालगरिएको जिल्ला प्रहरी कार्यालय, सिन्धुपाल्चोकका डिएसपी माधवप्रसाद काफ्लेले बताउनु भयो  ।

भक्तपुर जिल्लामा घटना भएकाले पीडितको उजुरी जिल्ला प्रहरी कार्यालय. भक्तपुर पठाउने र थप कारबाही प्रक्रिया त्यहीँबाट  हुने डिएसपी काफ्लेले बताउनु भयो ।

अन्य

भिडियो