१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले व्यास नपा १२ छिर्कनेका २२ वर्षीय रामबहादुर जैसीलाई पुस १२ गते घरबाटै गिरफ्तार गरेको छ ।
पीडित बालिकालाई आरोपितले पुस ९ गते दिउँसो आफन्तको घरमा बलात्कार गरेको भन्दै पीडित पक्षले पुस १० गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए ।
पीडित पक्षको उजुरीका आधारमा आरोपित जैसीलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी लिलाराज लामिछानेले जानकारी दिनुभयो ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण पुस १२ गते दमौली अस्पतालमा गरिएको र आरोपितलाई जिल्ला अदालतबाट म्याद थप गरि हिरासतमा राखिएको डिएसपी लामिछानेले बताउनुभयो ।
सङ्खुवासभामा यौनजन्य घटनामा वृद्धि
जिल्लामा पछिल्लो चार वर्षको अवधिमा महिला तथा बालबालिकामाथि हुने यौनजन्य