INSEC Online

📅 २०८३ जेष्ठ २१

बालिका हत्या घटनाका आरोपित गिरफ्तार

भीमदत्त नगरपालिका– १८ सालघारीकी चार वर्षीया बालिका सुशिला चुनाराको हत्या गरेको आरोपमा सोही ठाउँका ३० वर्षीय इन्द्र चुनारालाई प्रहरीले पुस १४ गते गिरफ्तार गरेको छ ।

बालिकालाई  पुस १४ गते कुटपिट गरी हत्या गरिएको भन्ने सुचनाका आधारमा आारोपित चुनारालाई गिरफ्तार गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय,कञ्चनपुरका डिएसपी नरेन्द्रबहादुर चन्दले बताउनु भयो ।

आरोपित चुनारा बालिकाको सौतेलो बुवा भएको खुल्न आएको जिल्ला प्रहरी कार्यालयका डिएसपी चन्दले जानकारी दिनु भयो ।

बालिकाको शव परिक्षण र पोष्टमार्टम गर्नका लागि महाकाली अस्पतालमा राखिएको  प्रहरीले जनायो ।

 

अन्य

भिडियो