सिमकोट गाउँपालिका–७ मा रहेको कर्णाली माध्यामिक विद्यालयमा विवादका कारण शिक्षक सेवा आयोगबाट सिफारिस भएका शिक्षकलाई विद्यालयमा हाजिर हुन नदिएको पीडित शिक्षकले गुनासो गर्नुभएको छ ।
जुनियर शिक्षकलाई राखेर सिनियर शिक्षकलाई पदबाट अवकास गराउन खोजेको भन्दै शिक्षक सेवाबाट सिफारिस भएका शिक्षकलाई विद्यालयमा हाजिर गर्न नदिएको शिक्षक ऐरले बताउनुभयो ।
सिमकोट गाउँपालिकाले मङ्सिर २२ गतेको परिपत्र अनुसार सो विद्यालयमा पठाइएका शिक्षक रामबहादुर ऐर विद्यालयमा पुगे पनि हालसम्म पनि हाजिर गर्न नदिईएको गुनासो गर्नुभएको हो ।
नेपाल सरकारले अपाङ्गता भएका र महिला शिक्षक शिक्षिकाहरूलाई सदरमुकाम नजिकै अर्थात पायक पर्ने ठाउँका विद्यालयहरूमा पठाउने प्रावधान रहेको भए पनि सिमकोट गाउँपालिकाले भने एक दृष्टिविहीन शिक्षक रामबहादुर ऐरलाई सदरमुकाम सिमकोटबाट करिब ४ घण्टाको बाटो हिँड्नु पर्ने विद्यालयमा पठाएको शिक्षक ऐरको गुनासो रहेको छ ।
उता सरूवा गरिएको विद्यालयमा पनि शिक्षक ऐरलाई हाजिर समेत गर्न नदिई आफ्नो नजिकको व्यक्तिलाई सो पदमा अस्थायी रूपमा राखेर आफुलाई हाजिर गर्न नदिएको शिक्षक ऐरले दुखेसो गर्नुभयो ।
भौगोलिक रूपमा टाढा रहेको र विद्यालयमा हाजिर गर्न नदिईएको भन्दै मङ्सिर २८ गते सिमकोट गाउँपालिकामा आफुले जानकारी गराएको भएपनि आफ्नो विषयमा सुनुवाई नभएको शिक्षक ऐरले बताउनुभयो ।
सिमकोट गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत अर्जुन दर्जीले शिक्षक ऐरको शारिरीक अवस्थाका बारेमा जानकारी नभएकोले सो समस्या भएको बताउँदै शिक्षकलाई सदरमुकाममै कार्यक्षेत्रका लागि व्यवस्था गाउँपालिकाले गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
मधेस प्रदेशका १६ प्रतिशत बालबालिकामा कुपोषण
मधेस प्रदेशका १६ प्रतिशत बालबालिकामा कुपोषणको समस्या देखिएको छ ।