INSEC Online

📅 २०८३ जेष्ठ २१

आशय करणी गरेको कसुरमा १५ दिन कैदको फैसला

२७ वर्षीया एक महिलालाई आशय करणी गरेको अभियोगमा दोषी ठहर गर्दै दाङ जिल्ला अदालतले राजपुर-३ का ३३ वर्षीय तुलाराम यादवलाई १५ दिन कैद गर्ने फैसला सुनाएको छ ।

न्यायाधीश बलभद्र बास्तोलाको इजलासले मङ्सिर १६ गते यादवलाई १५ दिन कैद तथा ५ हजार रुपियाँ जरिबाना तथा पीडितलाई ५ हजार रुपियाँ क्षतिपूर्ति भराउने फैसला सुनाइएको अदालतका श्रेष्तेदार गम्भीर रानाले बताए ।

पीडित महिलालाई आरोपितले गएको भदौ ८ गते आफ्ना अश्लिल अङ्ग देखाउँदै जिस्क्याएको (आशय करणी गरेको) आरोप लगाइएको थियो । पीडितले भदौ ९ गते इलाका प्रहरी कार्यालय गढवामा उजुरी दिएपछि प्रहरीले आरोपितलाई सोही दिन गिरफतार गरेको थियो ।

अन्य

भिडियो