INSEC Online

📅 २०८३ श्रावण ५

बलात्कार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया नाबालिका २०७६ मङ्सिर २६ गते १७ वर्षीय नाबालकले मोटरसाइकलमा राखि रंगपुरबाट घोघलडीया जाने बाटोमा मुत्तिनाथ यादवको खेतमा लगि बलात्कार गरेको आरोपमा प्रहरीले पुस ८ गते रङ्गपुर टोलबाट गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले बलात्कार गरी धम्कि दिएको भनी पीडित पक्षबाट उजुरी आएको जिल्ला प्रहरी कार्यालय मुद्दा शाखामा कार्यरत इन्स्पेक्टर वीरेन्द्र महतोले बताउनुभयो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण मङ्सिर २६ गते नै गरिएको थियो । पवीडित पक्षले मङ्सिर २७ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।

अन्य

भिडियो