INSEC Online

📅 २०८३ जेष्ठ २१

बालिका बलात्कार घटनााका आरोपित गिरफ्तार

१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले प्रहरीले बढैयाताल गाउँपालिका–९ जनतानगरका ३० वर्षीय जगबीर थारुलाई पुस ६ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई पुस ५ गते साँझ जगबीर थारुले बलात्कार गरेको भन्दै सुचना स्थानियबासीहरूले नियन्त्रणमा लिई राखेको भन्ने खबर प्राप्त पाएपछि इलाका प्रहरी कार्यालय मैनापोखर र प्रहरी चौकी सितला बजारबाट खटिएको प्रहरीले गिरफ्तार गरेको हो ।

पीडित पक्षले पुस ७ गते इलाका प्रहरी कार्यालय मैनापोखरमा उजुरी दिएको र अनुसन्धान भइरहेको मैनापोखरका सई विनय चन्दले बताउनु भयो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण पुस ६ गते जिल्ला अस्पताल गुलरियामा भयो ।

अन्य

भिडियो